साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसँग खेलिरहेको छ।
भारतको बेंग्लोरमा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
पहिलो हाफमा नेपालले अवसर पाए पनि सदुपयोग गर्न भने सकेन।
पहिलो हाफमा एरिक विष्टले डिबक्स बाहिरबाट हानेको प्रहारलाई भारतीय गोलकिपरले विफल पारेका थिए।
समूह ‘ए’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा कुवेतसँग पराजित भएकाले सेमिफाइनल पुग्न आज भारतलाई हराउनु पर्ने बाध्यता छ।