दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा बंगलादेशले पहिलो जित हात पारेको छ।
आइतबार भारतको बेंग्लोरमा भएको समूह ‘बी’ को खेलमा बंगलादेशले माल्दिभ्समाथि ३-१ को पुनरागमन जित हात पारेको छ।
खेलको १७ मिनेटमा हम्जा मोहमदको गोलबाट माल्दिभ्सले अग्रता लियो। ४२ मिनेटमा बंगलादेशका लागि रकिक हुसेनले बराबरी गोल गर्न सफल भए।
६७ मिनेटमा तरिक काजीले गोल गरेपछि बंगलादेशले खेलमा अग्रता लियो।
अन्तिम मिनेटमि शेख मोर्सालिनले तेस्रो गोल गर्दा बंगलादेश जिततर्फ अघि बढ्यो।
यसअघि पहिलो खेलमा आमन्त्रित टिम लेवनानसँग २-० गोलले पराजित भएको बंगलादेशको सेमिफाइनलमा सम्भावना जीवितमै छ। माल्दिभ्सले भने पहिलो खेलमा भुटानलाई २-० गोलले हराएको थियो।