बंगलादेश १४ वर्षपछि दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘बी’ को अन्तिम खेलमा भुटानमाथि ३-१ को पुनरागमन जित निकाल्दै बंगलादेश अन्तिम चारमा पुगेको हो।
सन् २००९ पछि बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरेको हो। बंगलादेश अन्तिम चारमा पुगेसँगै माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएको छ।
अब अन्तिम चारमा समूह ‘ए’ को विजेता कुवेत र समूह ‘बी’ को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारत र समूह ‘बी’ को विजेता लेवनानबीच प्रतिस्पर्धा हुनेछ। दुवै सेमिफाइन शनिबार हुनेछन्।