विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल अघिल्लो महिनाको तुलनामा एक स्थान तल झर्दै १७५औं स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ७४ औं स्थानमा थियो ।
फिफाको नयाँ वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा अगाडि १०० औं स्थानमा छ। माल्दिभ्स १५४ औं स्थानमा छ।
नेपालभन्दा तल रहेको भुटानले वरीयता सुधार गर्दै १८४ औं स्थानमा पुगेको छ। बंगलादेश १९२ औं, पाकिस्तान २०१ औं र श्रीलंका २०७ औं स्थानमा छन्।
नयाँ विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो स्थानमा छन्। शीर्ष तीनमा कुनै परिवर्तन भएको छैन। चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा बेल्जियम छन्।
यस्तै क्रोएसिया छैठौं, नेदरल्यान्ड्स सातौं, इटाली आठौं, पोर्चुल नवौ र स्पेन दशौं स्थानमा छन्।