नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसेले फिफा विश्वकप २०२६ अन्तर्गत एसियाको पहिलो चरणको छनोटका लागि प्रारम्भिक टोलीमा ३० खेलाडीलाई बोलाएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार छनोटको बन्द प्रशिक्षक अगस्ट १ (साउन १६) देखि सुरु हुनेछ। साफ च्याम्पियनसिप २०२३ मा भारत र कुवेतसँग पराजित भएपछि समूह चरणबाटै बाहिरिएको नेपालले पाकिस्तानसँग सान्त्वना जित हात पारेको थियो।
साफपछि नेपालले एक महिनाको विश्राम लिँदै विश्वकप छनोटको तयारी गर्ने भएको हो।
एसिया छनोटमा वरीयताको आधारमा तय भएको छ। जसअनुसार १८ तल्लो वरीयताको टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन्। अहिलेको अवस्थामा साफबाट भारतबाहेक अरु टिमले पहिलो चरण खेल्नु पर्नेछ।
१८ मध्ये ९ टिम दोस्रो चरणमा पुग्नेछन्। ड्रमार्फत् प्रत्येक टिमको एक प्रतिद्वन्द्वी तय हुनेछ। होम एन्ड अवेको आधारमा जित हात पार्ने टिम दोस्रो चरणमा पुग्नेछ। पहिलो लेग १२ अक्टोबर र दोस्रो लेग १७ अक्टोबरमा हुनेछ।
प्रारम्भिक टोली:
गोलकिपरः किरण कुमार लिम्बु (आरजी पञ्जाब), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)
डिफेन्डरः विमल पाण्डे (त्रिभुवन आर्मी), सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), आशिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब), रोहित चन्द (पर्सिक केद्री), सिमन्त थापा (जावलाखेल युथ क्लब), अन्जल महर्जन (फ्रेन्ड्स क्लब), छिरिङ लामा (जावलाखेल युथ क्लब), अन्जन राई (नेपाल पुलिस क्लब)
मिडफिल्डरः एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), लकेन लिम्बु (थ्रीस्टार क्लब), आवास लामिछाने (एपीएफ फुटबल क्लब), उत्सव राई (मछिन्द्र फुटबल क्लब), विशाल तामाङ (जावलाखेल युथ क्लब), विवेक पौडेल (चर्च ब्वाइज युनाइटेड), कृतिश रत्न छिन्जु (एनआरटी)
फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी एफसी), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी), दिनेश हेन्जन (त्रिभुवन आर्मी एफसी)