घरेलु टिम बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले एक एक गोलको बराबरी खेलेको छ।
नेपालले एक गोलले पछि परेको स्थिति उल्टाउँदै बराबरी खेलेको हो।
खेलको ६५ मिनेटमा साबिना खातुनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो।
इन्जुरी टाइमको दोस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गरेपछि नेपालले सम्भावित हार टार्यो।
अब नेपाल र बंगलादेशबीचको दोस्रो खेल आइतबार हुनेछ।
नेपाली राष्ट्रिय टिम अहिले एसियन गेम्सको तयारीमा छ। चीनमा सेप्टेम्बर-अक्टोबरमा हुने एसियन गेम्सको तयारीका लागि नेपालले मैत्रीपूर्ण खेल खेलेको हो।
नेपाल र बंगलादेशबीच गत वर्षको साफ च्याम्पियनसिपपछि पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो।
साफको फाइनलमा नेपालमाथि बंगलादेशले ३-१ गोलको जित निकाल्दै उपाधि जितेको थियो।