नेपाली राष्ट्रिय महिला फुटबल टिमका फरवार्ड सावित्रा भण्डारी साम्बालाई इजराइलको हापोएल रानानाबाट व्यावसियक फुटबल खेल्न जानुअघि बिदाइ गरिएको छ।
युवा तथा खेलुकद मन्त्री डिगबहादुर लिम्बू, एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ, नेपालका लागि जरायली राजदूत हनन गोदरले बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमा बिदाइ गरे।
बिदाइमा साम्बाले युरोपमा खेल्ने आफ्नो सपना पूरा हुन लागेको बताइन्। साथै उनले नयाँ चुनौतीका लागि आफू तयार भएको पनि बताइन्। उनी अगस्ट १ मा इजराइल जानेछिन्।
उनी गत जेठ अन्तिम साता युरोपियन महासंघमा आबद्ध भएर फुटबल खेल्ने इजरायलको शीर्ष डिभिजनको क्लब रानानामा आबद्ध भएकी थिइन्।
घरेलु लिगमा एपिएफबाट खेल्ने साम्बा यसअघि गोकुलम केरेलाबाट भारतीय महिला लिग खेलेकी थिइन्।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमध्ये एक रहेकी उनले उक्त लिगमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता मात्र बनिनन्, उनी आवद्ध गोकुलमले लिग नै जितेको थियो।