न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप फुटबलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई पराजित गरेको छ।
शुक्रबार भएको ‘ए’ को खेलमा स्विट्जरल्यान्ड २-० गोलले विजयी भयो।
स्विट्जरल्यान्डको जितमा रोमना बाच्मनले ४५ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरिन्।
६४ मिनेटमा सेराइना पिउबेलले अग्रता दोब्बर पारिन्। यसअघि यो समूहअन्तर्गत बिहीबार भएको खेलमा आयोजक न्युजिल्यान्डले नर्वेलाई हराएको छ।
समूह ‘बी’ को खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेर अंक बाडेका छन्।
समूहमा बिहीबार आयोजक अस्ट्रेलियाले आयरल्यान्डलाई हराएको थियो।