न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप फुटबलमा स्विडेन र नेदरल्यान्ड्सले आइतबार जित निकालेका छन्।
समूह ‘जी’ को खेलमा स्विडेनले दक्षिण अफ्रिकामाथि २-१ गोलको जित निकाल्यो।
न्युजिल्यान्डको वेलिङटनमा खेलको ४८ मिनेटमा मागियाको गोलबाट दक्षिण अफ्रिकाले अग्रता लियो।
६५ मिनेटमा स्विडेनकी फ्रिडोलिना रोल्फोले बराबरी गोल फर्काउन सफल भइन्।
खेलको अन्तिम मिनेटमा अमान्डाले गोल गरेपछि स्विडेनले रोमाञ्चक जित निकाल्न सफल भयो।
यता समूह ‘ई’ को खेलमा पोर्चुगलमाथि नेदरल्यान्ड्सले १-० गोलको जित निकाल्यो।
न्युजिल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सको जितमा स्टेफिन भान डेर ग्राक्टले १३ मिनेटमा गरेको गोल निर्णाय सावित भयो।