न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप फुटबलमा इटालीले जित निकालेको छ।
सोमबार भएको खेलमा इटालीले अर्जेन्टिनामाथि १-० गोलको जित हात पारेको हो।
न्युजिल्यान्डको अकल्यान्डमा भएको खेलमा इटालीले अन्तिम समयमा गोल गर्दै जित निकालेको हो।
खेल सकिन तीन मिनेट बाँकी छदा क्रिस्टियना गिरेलीले इटालीका लागि गोल गरेकी थिइन्।
समूह ‘जी’ को यसअघि स्विडेनले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।