न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप फुटबलमा जर्मनीले सानदार जित दर्ता गराएको छ।
सोमबार मेलवर्नमा भएको समूह ‘एच’ को खेलमा जर्मनीले मोरक्कोमाथि ६-० गोलको सानदार जित दर्ता गराएको हो।
जर्मनीका लागि अलेक्जान्द्रा पोपले ११ र ३९ मिनेटमा गरी दुई गोल गरिन्।
खेलको ४६ मिनेटमा क्लारा भुइलले जर्मनीको अग्रता ३-० गोलमा पुर्याएका थिइन्।
५४ मिनेटमा मोरक्कोकी इल हज र ७९ मिनेटमा जिनेब रेडोआनीले आत्मघाती गोल गर्दा जर्मनी ५-० गोलले अघि बढेको थियो।
खेलको अन्तिम मिनेटमा लि सुलरले टिमका लागि छैटौं गोल गर्दा जर्मनीले विश्वकपमा सानदार सुरुवात गर्न सफल भयो।
यो समूहमा जर्मनी र मोरक्कोसँगै कोलम्बिया र दक्षिण कोरिया छन्।