अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ र यू–१६ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा रवीन्द्र सिलकारलाई नियुक्त गरेको छ ।
सहिद स्मारक ए डिभिजन लिग २०२३ मा श्रेष्ठ र सिलकार क्रमशः जावलाखेल युथ क्लब र संकटा क्लबका मुख्य प्रशिक्षक थिए।
एन्फाका महासचिव किरण राईले सोमबार दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे।
यू–१६ टोलीको सहायक प्रशिक्षकमा सीताराम घिमिरे र गोलकिपर प्रशिक्षकमा गंगाराम देउजा रहनेछन्।
यु–१९ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन।
दिवाकर घलेले यू–१९ टोलीको टिम म्यानेजरको जिम्मेवारी पाएका छन् ।
सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपका लागि श्रेष्ठले नेपालको यू–१९ राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् भने सिलाकारले सेप्टेम्बर १–१० सम्म भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिपमा यू–१६ टोलीको नेतृत्व गर्नेछन्।
दुवै प्रतियोगिताको खेल तालिका पनि साफले सार्वजनिक गरेको छ।