मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी विरुद्धको एएफसी कप छनोटको प्रारम्भिक चरणको खेलका लागि ८ खेलाडी भित्र्याएको छ।
क्लबले आशिष चौधरी, एरिक विष्ट, लकेन लिम्बु, आयुष घलान, सनिश श्रेष्ठ, मेसुके ओलुमाउ, रेजिन सुब्बा र रोहित सुब्बालाई अनुबन्धन गरेको हो।
क्लबले सोमबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गरी खेलाडी अनुबन्धनको घोषणा गरेको हो।
एएफसी कपमा मछिन्द्रले भुटानको पारोसँग अगस्ट ८ (साउन २३) मा दशरथ रंगशालामा खेल्दैछ।
मछिन्द्रले एएफसी क्लब लाइसेन्स पाएका कारण ए डिभिजन लिगमा दोस्रो भए पनि एएफसी कप खेल्ने अवसर पाएको हो। लिग विजेता चर्च ब्वाइज भने क्लब लाइसेन्स नभएका कारण एएफसी कप खेल्नबाट बन्चित भयो।
क्लबले माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालि र कान्तिपुर टेलिभिजनसँग खेलका लागि टिकेटिङ र ब्रोडकास्टिङ पार्टनरको सम्झौता पनि गरेको छ।
मछिन्द्र टोली:
गोलकिपरः विशाल श्रेष्ठ, प्रदीप भण्डारी
डिफेन्डरः करीम ओमोलाजा, सनिश श्रेष्ठ, दिवाकर चौधरी, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, सुरज विक
मिडफिल्डरः एन्ड्रेस निया, उत्सव राई, दिपेश घले, लकेन लिम्बु, अरिक विष्ट
फरवार्डः विजय भुजेल, रेजिन सुब्बा, विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, मेसुके ओलुमाउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, अफिज ओलावाले ओलाडिपो