फिफा महिला विश्वकपमा स्पेन अन्तिम १६ मा पुगेको छ। समूह ‘सी’ मा लगातार दोस्रो जित निकालेको स्पेनले बुधबार जाम्बियालाई ५-० गोलले हरायो।
यसअघि पहिलो खेलमा स्पेनले कोस्टारिकालाई ३-० गोलले हराएको थियो।
बुधबार जाम्बियामाथि एकतर्फी जित निकाल्ने क्रममा स्पेनका लागि जेनिफर हेर्मोसोले १३ र ७० मिनेट तथा अल्बा रोडोन्डोले ६९ र ८५ मिनेटमा गरी दुई दुई गोल गरे। स्पेनका लागि टेरेसाले नवौं मिनेटमा पहिलो गोल गरेकी थिइन्।
यता कोस्टारिकालाई २-० गोलले पराजित गरेको जापान पनि अन्तिम १६ मा पुगेको छ। यसअघि जापानले जाम्बियालाई हराएको थियो।
यता कोस्टारिका र जाम्बिया भने अन्तिम खेलअघि नै बाहिरिएका छन्।