चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको महिला फुटबलको ड्र सार्वजनिक भएको छ।
ड्रअनुसार नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा अहिले अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको फिफा विश्वकप खेलेका जापान र भियतनाम पनि छन्।
यस्तै केही अघि मैत्रीपूर्ण खेल खेलेको बंगलादेश पनि नेपाल रहेको समूह ‘डी’ मा परेको छ।
ड्रअनुसार एसियाली खेलकुदको महिला फुटबलमा १७ टिमले भाग लिँदैछन्।
जसमा तीन समूह तीन तीन टिमको र दुई समूह चार चार टिमको रहेका छन्।
हाङझाव एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ। एसियाली खेलकुदका लागि आजदेखि नेपाली महिला टिमले औपचारिक रुपमा तयारी सुरु गरेको थियो।