न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकपमा अर्जेन्टिनाले सम्भावित हार टार्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ।
शुक्रबार न्युजिल्यान्डमा भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग २-० गोलले पछि पारेको स्थिति उल्टाउँदै २-२ गोलको बराबरी खेलेको हो।
दक्षिण अफ्रिकाका लागि लिन्डाले ३०औं मिनेटमा पहिलो गोल गर्दा ६६ मिनेटमा थेम्बीले अग्रता दोब्बर पारिन्।
तर अर्जेन्टिनाले पाँच मिनेटको अन्तरमा दुई गोल गर्न सक्यो। ७४ मिनेटमा अर्जेन्टिनाका लागि सोफिया ब्रनले पहिलो गोल गर्दा रोमिना नुनेजले ७९ मिनेटमा बराबरी गोल गरिन्।
यससँगै दक्षिण अफ्रिकाले भने महिला विश्वकपको इतिहासमा पहिलो जित निकाल्ने अवसर भने गुमाएको छ।
अर्जेन्टिनाले जारी विश्वकपमा अझै जित निकाल्न सकेको छ। पहिलो खेलमा अर्जेन्टिना इटालीसँग पराजित भएको थियो।
फिफा वरीयताको २८औं स्थानमा रहेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा तेस्रो वरीयताको स्विडेनसँग खेल्नेछ। सो खेलमा जित निकाले मात्र अर्जेन्टिना अन्तिम १६ मा पुग्नेछ।