अस्ट्रेलिया तथा न्युजिल्यान्डमा भइरहेको फिफा महिला विश्वकपमा इंग्ल्यान्डले दोस्रो जित हात पारेको छ।
शुक्रबार सिड्नी फुटबल रंगशालामा भएको समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले डेनमार्कविरूद्ध १-० गोलको जित हात पारेको हो।
इंग्ल्यान्डका लागि लाउरेन जिम्सले खेलको छैटौं मिनेटमा गोल गरेको निर्णायक सावित भयो।
इंग्ल्यान्डले पहिलो खेलमा हाइटीमाथि १-० गोलको जित हात पारेको थियो।
अब इंग्ल्यान्डले अन्तिम खेलमा चीनसँग प्रतिस्पर्धा गर्नेछ। आजै चीनले हाइटीलाई पराजित गर्न नसकेको अवस्थामा इंग्ल्यान्ड अन्तिम खेलअघि नै अन्तिम १६ मा पुग्नेछ।