फिफा महिला विश्वकप २०२३ मा चीनले पहिलो जित हात पारेको छ। पहिलो हाफमा १० खेलाडीमा सीमित हुनका बावजुद चीनले हाइटीमाथि १-० गोलको जित निकालेको हो।
खेलको २९ मिनेटमा झाङले रातो कार्ड पाउँदा चीन १० खेलाडीमा सीमित बन्यो।
हाइटीकी शेर्ली जेउडीमाथि डरलाग्दो ट्याकल गरेपछि उनले रातो कार्ड पाएकी थिइन्। चीनले ७४ मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लियो।
लिङयानलाई हाइटीकी रुथीले फल गरेपछि रेफ्रीले पेनाल्टी दिए। जसमा वाङ शुवाङले गोल गरिन्।
जितसँगै समूहमा तीन अंक जोडेको छ। शीर्ष स्थानको इंग्ल्यान्डको छ अंक छ भने दोस्रो स्थानको डेनमार्कको तीन अंक छ।
अब अन्तिम खेलमा इंग्ल्यान्ड र चीन तथा हाइटी र डेनमार्कबीच खेल हुनेछ।