इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले इटालियन सिरी ए क्लब एटलान्टाबाट डेनमार्कका अन्तर्राष्ट्रिय स्ट्राइकर रासमस होइलोनलाई अनुबन्धन गर्न ७२ मिलियन पाउण्डको सम्झौता गरेको छ।
२० वर्षीय स्ट्राइकरले ६४ मिलियन ट्रान्सफर शूल्क र ८ मिलियन सम्भावित एन-अन शूल्य प्राप्त गर्ने बिबिसीले उल्लेख गरेको छ।
होइलोन अगस्ट २०२२ मा एटलान्टामा आबद्ध भएका थिए। उनले गत सिजन ३४ खेलमा १० गोल गरेका थिए।
उनको युनाइटेडसँगको सम्झौता पाँच वर्षको हुनेछ। थप सिजन सम्झौता गर्न उनीसँग विकल्प हुनेछ।
मिडफिल्डर मेसन माउन्ट चेल्सीबाट ५५ मिलियन पाउण्डमा र इन्टर मिलानका गोलकिपर आन्द्रे ओनानालाई ४७.२ मिलियन पाउण्डमा अनुबन्धन गरेपछि होइलोन यो सिजन युनाइटेडमा आएका तेस्रो खेलाडी हुन्।
होइलोनले डेनमार्कको राजधानी कोपेनहेगनमा आफ्नो सिनियर करियर सुरु गरेका थिए।
२०२० मा १७ वर्षको उमेरमा डेनिस सुपरलिगा डेब्यू गरेका उनले दुई वर्षपछि अस्ट्रियन क्लब ग्राससँग दुई वर्षको सम्झौता गरेका थिए। त्यहाँ ६ महिना बिताउदा उनी १० गुणा बढी मूल्यमा एटलान्टमा पुगेका थिए।
उनले २०२२ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेपछि छ खेलमा छ गोल गरेका छन्।