अफ्रिकन टिम मोरक्कोले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ।
डिफेन्डर नौहाइला बेन्जिना हिजाब लगाएर मैदान उत्रिएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोलको जित निकालेको हो।
समूह ‘एच’ को खेलमा कोरियालाई पराजित गरेसँगै पहिलो पटक विश्वकप खेलिरहेको मोरक्कोले पहिलो जित र पहिलो गोल गर्दै इतिहास रचेको हो।
दक्षिण कोरियालाई पराजित गर्दा इब्तिसाम जरैदीले छैटौं मिनेटमा हेडरमार्फत मोरक्कोका लागि प्रतियोगितामा पहिलो गोल गरिन्।
यहि गोल निर्णायक सावित हुँदा मोरक्कोले ऐतिहासिक जित निकाल्यो।
यसअघि पहिलो खेलमा मोरक्को जर्मनीसँग ६-० गोलले पराजित भएको थियो। यता कोरियाको भने यो लगातार दोस्रो पराजय हो।
कोरिया समूह चरणबाटै बाहिरने संघारमा छ भने मोरक्कोको अन्तिम १६ को सम्भावना कायमै छ।