फिलिपिन्सलाई ६-० गोलले पराजित गर्दै नर्वे फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा प्रवेश गरेको छ।
आइतबार भउको खेलमा नर्वेका लागि हाउगले खेलको छैटौं, १७औं र दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
ग्राहम हान्सेनले ३१औं र रेइटिनले ५३ मिनेटमा नर्वेका लागि थप गोल गर्दा ४८ मिनेटमा फिलिपिन्सकी बार्करले आत्मघाती गोल गरिन्।
जितसँगै नर्वे समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। उसले ३ खेलबाट ४ अंक जोड्यो।
नर्वेले समान ४ अंक जोडेको न्युजिल्यान्डलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।
यो समूहबाट ५ अंक जोडेको स्विट्जरल्यान्ड विजेता बनेर अन्तिम १६ मा पुग्यो।