फिफा महिला विश्वकप २०२३ को सह-आयोजक न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ।
समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको हो।
पहिलो खेलमा नर्वेलाई पराजित गरेको न्युजिल्यान्ड दोस्रो खेलमा फिलिपिन्सँग हारेको थियो। त्यहिँ हार न्युजिल्यान्डका लागि महँगो सावित बन्यो।
समूहबाट स्विट्जरल्यान्ड ५ अंक जोडेर विजेता बन्दै अन्तिम १६ मा पुग्यो।
यता गोलअन्तरमा अघि रहेको नर्वे ४ अंक जोडेर अन्तिम १६ मा पुग्यो।
४ अंक जोडेको न्युजिल्यान्ड बाहिरिदा फिलिपिन्सले पनि ३ अंक जोडेर यस वर्षको विश्वकपको यात्रा समाप्त गर्यो।