इंग्लिस क्लब चेल्सीले फ्रेञ्च क्लब मोनाकोबाट डिफेन्डर एक्सेल डिसासीलाई ४५ मिलियन युरोमा अनुबन्धन गर्ने सम्झौता गरेको छ।
२५ वर्षीय फ्रान्सेली डिफेन्डरले हाल चेल्सीको चिन्ताको रुपमा रहेको रक्षापंक्तिमा दरिलो साथ दिने विश्वास गरिएको छ।
डिसासीले अगस्ट २०२० देखि मोनाकोका लागि ११८ खेल खेलेका छन्।
उनले फ्रान्सका लागि चार अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनी फ्रान्सको फिफा विश्वकप २०२२ को टिममा किम्पेम्बे घाइते भएपछि परेका थिए।
फिफा विश्वकप २०२२ को फाइनलमा उनी मैदान उत्रिएका थिए।
उनका बुबाआमा अफ्रिकन देश कंगोका भएकाले उनलाई कंगोको यू-२० टिमका लागि बोलाइएको थियो। फ्रान्समा जन्मिएका उनले भने फ्रान्सकै राष्ट्रिय टिम रोजे।