जापान समूह 'सी' को विजेता बन्दै फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा पुगेको छ।
सोमबार भएको समूहको अन्तिम खेलमा स्पेनमाथि ४-० गोलको जित निकाल्दै जापान समूह विजेता बन्यो।
स्पेन पनि यसअघि लगातर दुई जितसहित अन्तिम १६ मा पुगेको थियो।
सोमबार पराजित भएसँगै स्पेन उपविजेतामा पुग्यो। स्पेनविरुद्ध जित निकाल्ने क्रममा जापानकी मियाजावाले खेलको १२ र ४० मिनेटमा गरी दुई गोल गरिन्।
यस्तै उइकीले २९ मिनेट र तानाकाले ८२ मिनेटमा थप गोल गरिन्।
अब अन्तिम १६ मा जापानले समूह 'ए' को उपविजेता नर्वेसँग खेल्नेछ। स्पेनले समूह 'ए' को विजेता स्विट्जरल्यान्डसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ।