फिफा महिला विश्वकप २०२३ को सहआयोजक अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरेको छ।
सोमबार भएको समूह ‘बी’ को अन्तिम खेलमा क्यानडालाई ४-० गोलले हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा पुगेको हो।
अस्ट्रेलियाका लागि रसोले ९ र ३९ मिनेटमा गरी दुई गोल गरिन्।
फोलेरले ५८ मिनेट र काट्लीले दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गरिन्।
जितसँगै अस्ट्रेलिया ६ अंकसहित समूह विजेता बन्यो।
यता आयरल्यान्डसँग गोलरहित बराबरी खेलेको नाइजेरिया पनि ५ अक जोडेर अन्तिम १६ मा पुग्न सफल भयो।
क्यानडा ४ अंक जोड्दै तेस्रो स्थानमा सीमित रहदै बाहिरियो। यसअघि नै बाहिरिएको आयरल्यान्डले भने एक अंक मात्र जोड्यो।