ब्राजिलका मिडफिल्डर फाबिन्होले इंग्लिस क्लब लिभरपुलबाट साउदी अरेबियाको क्लब अल-इतिहादमा तीन वर्षको सम्झौता गरेका छन्।
साउदी क्लबले उनलाई ४० मिलियन पाउण्डको प्रस्ताव गरेपछि २९ वर्षीय फाबिन्होले जर्मनीमा हालैको लिभरपुलको प्रशिक्षण छाडेका थिए।
फाबिन्होलाई क्लबको हालको सिंगापुर भ्रमणबाट पनि बाहिर राखिएको थियो।
ब्राजिलका लागि २९ खेल खेलेका उनी जुलाई २०१८ मा मोनाकोबाट ३९ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए।
फाबिन्होले लिभरपुलका लागि २१९ खेलमा ११ गोल गरेका थिए।
लिभरपुलमा रहदा प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वकपको ट्रफी उचाले।
साउदी प्रो लिग क्लब अल-इतिहादमा यसअघि बालोन डी'ओर विजेता र पूर्व रियल म्याड्रिड स्ट्राइकर करिम बेन्जेमा, पूर्व चेल्सी मिडफिल्डर एन'गोलो कान्टे र पूर्व सेल्टिक फरवार्ड जोटा आबद्ध भइसकेका छन्।
यसअघि लिभरपुलका पूर्वमिडफिल्डर जोर्डन हेन्डरसन पनि साउदी क्लब अल-एटिफाकमा आबद्ध भएका थिए।