फिफा विश्वकप २०२३ अन्तर्गत नेदरल्यान्ड्स समूह ‘ई’ को विजेता बनेर अन्तिम १६ मा पुगेको छ।
समूहको अन्तिम खेलमा मंगलबार भियतनाममाथि ७-० गोलको जित निकालेर नेदरल्यान्ड्स समूह विजेता बनेको हो।
नेदरल्यान्ड्सका लागि ब्रुगट्सले १८ र ५७ मिनेट तथा रोर्डले २३ र ८३ मिनेटमा गरी दुई दुई गोल गरे।
यस्तै मार्टिन्सले ८, स्नोजेइजले ११ र भान डोन्कले ४५ मिनेटमा गोल थपे।
जितसँगै नेदरल्यान्ड्सले ३ खेलबाट ७ अंक जोड्न सफल भयो।
यता अमेरिकाले पोर्चुगलसँग गोलरहित बराबरी खेलेर समूहबाट उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भयो। अमेरिकाले ५ अंक जोड्यो।
पोर्चुगल भने ४ अंक जोडेर आउट भयो। यसअघि भियतनाम बाहिरिसकेको थियो।