साउन २३ गते काठमाडौंको दशरथ एएफसी कप २०२३ को पहिलो छनोट चरणको खेल हुँदैछ।
खेलमा नेपालको प्रतिनिधित्व ए डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले गर्दैछ। खेलमा मछिन्द्रले भुटानको लिग च्याम्पियन पारो एफासी विरुद्ध खेल्दैछ।
खेल साँझ ५:३० बजे देखि सुरु हुने छ। टिकटको मूल्य भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ २ सय रहेको छ।
खेलको टिकटिङ अधिकार पाएको माउण्ट एभरेस्ट स्पोर्टस एण्ड एभेन्ट म्यानेन्जमेन्ट कम्पनीका अनुसार भौतिक रुपमा दशरथ रंगशालामा र अनलाइनमार्फत् इसेवाबाट टिकट काट्न सकिनेछ।
यसअघि मछिन्द्रले पारोविरुद्धको एएफसी कप छनोटको प्रारम्भिक चरणको खेलका लागि ८ खेलाडी भित्र्याएको थियो।
क्लबले आशिष चौधरी, एरिक विष्ट, लकेन लिम्बु, आयुष घलान, सनिश श्रेष्ठ, मेसुके ओलुमाउ, रेजिन सुब्बा र रोहित सुब्बालाई अनुबन्धन गरेको थियो।
मछिन्द्रले एएफसी क्लब लाइसेन्स पाएका कारण ए डिभिजन लिगमा दोस्रो भए पनि एएफसी कप खेल्ने अवसर पाएको हो। 7
लिग विजेता चर्च ब्वाइज भने क्लब लाइसेन्स नभएका कारण एएफसी कप खेल्नबाट बन्चित भयो।
मछिन्द्र टोली:
गोलकिपरः विशाल श्रेष्ठ, प्रदीप भण्डारी
डिफेन्डरः करीम ओमोलाजा, सनिश श्रेष्ठ, दिवाकर चौधरी, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, सुरज विक
मिडफिल्डरः एन्ड्रेस निया, उत्सव राई, दिपेश घले, लकेन लिम्बु, अरिक विष्ट
फरवार्डः विजय भुजेल, रेजिन सुब्बा, विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, मेसुके ओलुमाउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, अफिज ओलावाले ओलाडिपो