इंग्लिस तथा युरोपियन च्याम्पियन म्यानचेस्टर सिटीले क्रोएसियाका डिफेन्डर जोस्को ग्वार्डियोलका लागि जर्मन क्लब आरबी लाइपजिगसँग ९० मिलियन युरोमा सम्झौता गरेको छ।
सन् २०२१ मा डाइनामो जग्रेबबाट लाइपजिग आएका उनले क्लबका लागि ८७ खेल खेलेका थिए।
गत साता लाइपजिगले सय मिलियन युरोभन्दा कममा बिक्री नगर्ने अडान राख्दा सहमति गर्न एक साता लागेको थियो।
रुबेन डायस, म्यानुएल अकान्जी र नाथन एकेका साथ जोस्कोले खेल्दा सिटीको रक्षापंक्ति थप बलियो हुने अपेक्षा गरिएको छ।
क्रोएसियाका लागि २१ खेलमा २ गोल गरेका जोस्कोले आफ्नो देशलाई २०२२ को विश्वकपमा तेस्रो स्थान र यस वर्षको नेसन्स लिगमा उपविजेता बनाउन उत्कृष्ट खेल देखाएका थिए।
दुई महिनाअघि चेल्सीबाट क्रोएसियाका मिडफिल्डर माटेओ कोभासिक आबद्ध भएपछि सिटीको यो अर्को मुख्य सम्झौता हो। कोभासिकले इल्के गुन्डोगनको स्थानमा खेल्नेछन्।