अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मायामी अमेरिकाको लिग्स कपको अन्तिम १६ मा पुगेको छ।
अन्तिम ३२ को खेलमा मेसीको दुई गोलमा मायामीले ओरलान्डो सिटीलाई ३-१ गोलले पराजित गर्यो।
खेलको सातौं मिनेटमा मेसीले गोल गर्दै मायामीलाई अग्रता दिलाएका थिए।
तर १७ मिनेटमा सेसर अराउजोले ओरलान्डोका लागि बराबरी गोल गर्न सफल भयो।
मायामीले ५१ मिनेटमा जोसेफ मार्टिनेजको पेनाल्टी गोलबाट खेलमा दोस्रो पटक अग्रता लियो।
७२ मिनेटमा मेसीले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै मायामीलाई जिततर्फ अघि बढाए।
मेसी खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए।
अब मायामीले अन्तिम १६ मा एफसी डालाससँग खेल्नेछ। डालाससँगको खेल आइतबार राति हुनेछ।