साविक विजेता अमेरिका फिफा विश्वकप २०२३ को अन्तिम १६ बाटै बाहिरिएको छ।
आइतबार मेलवर्नमा भएको खेलमा स्विडेनसँग सडनडेथ ५-४ गोलले पराजित भएसँगै अमेरिका अन्तिम १६ बाट बाहिरिएको हो।
साविक विजेतालाई पन्छाएको स्विडेनले अब सेमिफाइन प्रवेशका लागि जापानसँग खेल्नेछ। स्विडेन र जापानबीचको अन्तिम आठको खेल आगामी शुक्रबार हुनेछ।
आइतबार अमेरिका र स्विडेनबीचको खेलको निर्धारित र एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।
जसमा अमेरिकाले खेल नियन्त्रणमा लिएको थियो। उसले ११ वटा प्रहार गोलपोस्टमा हाने पनि स्विडेनकी गोलकिपर मुसोभिक बाधक बनेकी थिइन्।
त्यसपछि पेनाल्टी सुटआउटमा पुगेको खेलको पहिलो पाँच पेनाल्टीमा दुवै टिमले ३-३ गोल गरेका थिए। जसमा स्विडेनकी नाथाली बिजोनको प्रहार आकासिदा रेबिकाको प्रहारलाई अमेरिकाकी गोलकिपरले विफल पारिन्। यस्तै अमेरिकाका मेघन रिप्पोन र सोफिया स्मिथको प्रहार आउट भयो।
सातौं पेनाल्टी प्रहार गर्न आएकी अमेरिकाकी केली ओ’होराको प्रहार पनि आउट भएको थियो। स्विडेनका लागि सातौं पेनाल्टी हानेकी लिना हुर्टिङको प्रहार अमेरिकाकी गोलकिपर नेहरको हातमा लागेर गोल भएको थियो।
यसपटक अन्तिम १६ बाटै बाहिरिएको अमेरिकाले सन् २०१९ को विश्वकप जित्ने क्रममा नेदरल्यान्ड्सलाई हराएको थियो।