इंग्ल्यान्ड फिफा महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार अस्ट्रेलियाको ब्रिसबेनमा भएको अन्तिम १६ को खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
निर्धारित समय र एक्स्ट्रा समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
इंग्ल्यान्डका लागि पहिलो पेनाल्टी हानेकी स्टनवेको प्रहार पनि आउट भएको थियो। त्यसपछि इंग्ल्यान्डका चार खेलाडी पेनाल्टीमा सफल भए।
पेनाल्टी सुटआउटमा नाइजेरियका लागि पहिलो पेनाल्टी हानेकी डिजायरको प्रहार आउट भएको थियो। यस्तै दोस्रो पेनाल्टी हानेकी नाइजेरियाकी एलेजीको प्रहार पनि आउट हुँदा इंग्ल्यान्डलाई फाइदा पुगेको थियो। नाइजेरियाले पछिल्ला दुई पेनाल्टी सदुपयोग गरे पनि जितका लागि पर्याप्त हुन सकेन।
त्यसअघि ८७ मिनेटमा इंग्ल्यान्ड १० खेलाडीम सीमित भयो। नाइजेरियाकी एलेजीमाथि फल गरेपछि लाउरेन जेम्सलाई रातो कार्ड देखाइएको थियो। उनलाई रातो कार्ड दिनुअघि भारमार्फत निर्णय गरिएको थियो।
अब इंग्ल्यान्डले अन्तिम आठमा कोलम्बिया वा जमैकासँग प्रतिस्पर्धा गर्नेछ।