नेपालको त्रिभुवन आर्मी क्लब भारतको डुरान्ड कपमा जितबाट बन्चित भएको छ।
बुधबार आसाममा भएको खेलमा आर्मी दिल्ली एफसीसँग एक एक गोलको बराबरीमा रोकिएको हो।
खेलको ३९ मिनेटमा दिनेश हेन्जनको गोलबाट आर्मीले अग्रता लिएको थियो।
तर खेल सकिन दुई मिनेट बाँकी छदा आर्मीले गोल खायो। दिल्लीका लागि खेलको ८८ मिनेटमा गिरिकले बराबरी गोल गरेका थिए।
समूह ‘ई’ मा रहको आर्मीले अब आफ्नो दोस्रो खेलमा चेन्नइयनसँग सोमबार खेल्नेछ। यस्तै आर्मीले आइएसएल टिम हैदरावादसँग भदौ ५ मा खेल्नेछ।
६ समूहका २४ टिमबीच भारतका विभिन्न शहरमा खेल भइरहेका छन्। ६ समूहका शीर्ष टिम र दुई उत्कृष्ट उपविजेता अन्तिम आठमा पुग्नेछन्। प्रतियोगिता भदौ १७ मा सकिनेछ।