न्युजिल्यान्ड र अस्ट्रेलियामा भइरहेको फिफा महिला विश्वकप २०२३ को सेमिफाइनल समिकरण पूरा भएको छ।
शनिबार इंग्ल्यान्ड र अस्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरेसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको हो।
तेस्रो क्वार्टरफाइनलमा अस्ट्रेलियाले फ्रान्सलाई पराजित गर्न सफल भयो। अस्ट्रेलियाले फ्रान्समाथि सथन डेथमा ७-६ को जित निकालेको हो।
अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्ड विजयी भयो। इंग्ल्यान्डले कोलम्बियालाई २-१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो।
अब सेमिफाइनलमा स्पेन र स्विडेन तथा अस्ट्रेलिया र इंग्ल्यान्डबीच खेल हुनेछ। पहिलो सेमिफाइनल मंगलबार र दोस्रो सेमिफाइनल बुधबार हुनेछ।