इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ।
खेलको १८ मिनेटमा डियाजको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। उनले मोहमद सलाहको गोलमा पास गरेका थिए।
चेल्सीले ३७ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। चेल्सीका लागि डिसासीले बराबरी गोल गरेका थिए।
लिगको अर्को खेल पनि बराबरीमा सकिएको छ। टोटेनहन र ब्रेन्टफोर्डले २-२ खेलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
प्रिमियर लिगको पहिलो चरणको अब अन्तिम एक खेल बाँकी छ। पहिलो चरणको अन्तिम खेलमा आज म्यानचेस्टर युनाइटेड र वुल्भ्सबीच खेल हुँदैछ।