स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोना सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ।
आइतबार भएको खेलमा बार्सिलोनालाई गेटाफेले गोलरहित बराबरीमा रोकेको हो। खेलमा दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए।
बार्सिलोनाका राफिन्हाले ४२ मिनेटमा रातो कार्ड पाएका थिए भने गेटाफेका माटाले ५७ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका थिए।
खेलमा म्यानचेस्टर सिटीका पूर्व कप्तान इल्के गुन्डोगनले बार्सिलोनाका लागि ला लिगामा डेब्यू गरेका थिए।
३२ वर्षीय जर्मन खेलाडी गुन्डोगनले दोस्रो मिनेटमै गोल गर्ने मौका पाएका थिए। तर उनी अफसाइड पोजिसनमा थिए।
बार्सिलोनाका राफिन्हा र प्रशिक्षक जाभीलाई आक्रमक ब्यावहार देखाइएपछि मैदान बाहिर पठाइएको थियो।
राफिन्हाले गेटाफेका ग्यास्टन अल्भारेजलाई कुहिनोले प्रहार गरेका रातो कार्ड दिइएको थियो।
फल दिने रेफ्रीको निर्णयको विरुद्धमा बहस गरेको कारण बार्सिलोनाका प्रशिक्षक जाभीलाई दोस्रो हाफको अन्त्यतिर मैदान बाहिर पठाइएको थियो।