आगामी अक्टोबरमा मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरभ बस्नेत नियुक्त भएका छन्।
प्रतियोगिताका लागि सहायक प्रशिक्षकमा थमन भुसालले जिम्मेवारी सम्हाल्ने छन्।
एन्फाका महासचिव किरण राईले सोमबार दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
बस्नेतले यसअघि किर्गिस्तानको बिश्केकमा सन् २०२२ मा भएको एएफसी फुटसल एसियन कप छनोटमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए।
एएफसी फुटसल एसियन कप २०२४ छनोटको समूह ‘डी’मा नेपाल, भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन्।
छनोट खेल यसै वर्षको अक्टोबर ७ देखि ११ सम्म मंगोलियामा हुनेछ। समूहको शीर्ष टिम फुटसल एसियन कप २०२४ मा छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।