नेपालको त्रिभुवन आर्मी क्लब भारतको डुरान्ड कपको आफ्नो दोस्रो खेलमा पराजित भएको छ।
सोमबार गुवाहाटी भएको खेलमा आर्मी चेन्नइयनसँग ३-० गोलले पराजित भएको हो।
चेन्नइयनका लागि फारुकीले २२ मिनेटमा पहिलो गोल गर्दा रहिम अलीले ४० मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे। चेन्नइयनका लागि क्रिभेल्लारोले ८४ मिनेटमा तेस्रो गोल गरे।
यसअघि बुधबार आसाममा भएको खेलमा आर्मी दिल्ली एफसीसँग एक एक गोलको बराबरीमा रोकिएको थियो।
समूह ‘ई’ मा रहेको आर्मीले अब आफ्नो अन्तिम खेलमा आइएसएल टिम हैदरावादसँग भदौ ५ मा खेल्नेछ।
६ समूहका २४ टिमबीच भारतका विभिन्न शहरमा खेल भइरहेका छन्। ६ समूहका शीर्ष टिम र दुई उत्कृष्ट उपविजेता अन्तिम आठमा पुग्नेछन्। प्रतियोगिता भदौ १७ मा सकिनेछ।