इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले सिजनको अन्त्यमा आफ्नो 'ऊर्जा सकिएको' भन्दै पदबाट राजीनामा दिने भएका छन्।
उनी अक्टोबर २०१५ मा क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए। उनको सम्झौता २०२६ सम्मका लागि थियो।
उनले २०१९-२० मा लिभरपुललाई ३० वर्षमा पहिलो इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए।
त्यसअघि लिभरपुलले सन् २०१९ मा युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
'मैले नोभेम्बरमा नै क्लबलाई भनिसकेको छु,' क्लोपले भने, 'यो धेरै मानिसहरूको लागि झटका हो भन्ने मलाई थाहा छ।'