साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले जित निकालेको छ।
आइतबार बंगालदेशमा भएको खेलमा नेपालले भुटानमाथि संघर्षपूर्ण १-० गोलको जित निकालेको हो।
नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गोल गरेकी थिइन्।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। शुक्रबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले पराजित गरेको थियो।
नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमबीच भइरहेको प्रतियोगितामा नेपालले अब मंगलबार भारतसँग खेल्नेछ।
यसअघि भारतले पहिलो खेलमा भुटानलाई १०-० गोलले पराजित गरेको थियो।
समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।