महाराष्ट्र विधान सभा चुनावमा भाजपा सहितको महायुती गठबन्धनले दुई तिहाईभन्दा बढी सिट जितेको छ।
शनिबार रातिसम्ममा मतगणना सकिँदा महायुती गठबन्धनले २३२ सिट जितेको छ। २८८ सदस्यीय विधानसभामा बहुमतका लागि १४५ सिट आवश्यक रहन्छ।
यहाँ भारतीय जनता पार्टीले मात्रै १३२ सिट जितेको छ। भाजपाले गठबन्धनबाट १४५ स्थानमा उम्मेदवारी दिएको थियो।
महायुतीकै शिवसेनाले ५७ सिट जितेको छ भने नेश्नलिस्ट कंग्रेसले ४१ सिट जित्यो।
कंग्रेसहितको महाविकास अघाडि गठबन्धनले ४९ सिटमात्रै जितेको छ।
कंग्रेस आईले १६ सिटमात्रै जित्यो। उद्धव थाक्रेको शिवसेनाका २० उम्मेदवारले जित्दा शरद पवारको एनसिपीका १० उम्मेदवार निर्वाचित भए।
पाँच महिनाअघि सम्पन्न लोकसभा चुनावमा कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ४८ मध्ये ३० सिट जितेको थियो।
लोकसभाको जितलाई आधार मानेर महाराष्ट्रमा यसपालि महायुती गठबन्धनले जित्ने दाबी गरिएको थियो। तर परिणाम ठीक उल्टो आएको छ।
महाराष्ट्रमा अब शिवसेनाका एकनाथ शिन्दे, भाजपाका देवेन्द्र फडनविस र अजित पवारमध्ये एकजना मुख्यमन्त्री बन्नेछन्।
झारखण्डमा भने कंग्रेस सम्मिलित गठबन्धनले दुई तिहाई ल्याएको छ।
८१ सदस्यीय झारखण्ड विधानसभामा महायुती गठबन्धनले ५६ सिट जितेको छ। भाजपासहितको गठबन्धनले २४ सिट जितेको छ।
झारखण्डमा वर्तमान मुख्यमन्त्री हेमन्त सोरेन दोहोरिने पक्कापक्की भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।