म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ।
सोमबार ब्रेन्टफोर्डलाई ३-१ गोलले हराएको सिटी शीर्ष स्थानको लिभरपुल भन्दा दुई अंक पछाडि छ।
एक खेल कम खेलेको सिटीको २२ खेलबाट ४९ अंक छ।
लिभरपुल २३ खेलबाट ५१ अंक जोड्दै शीर्ष स्थानमा छ। सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरे।
२१औं मिनेटमा निल माउपेको गोल मार्फत ब्रेन्टफोर्डले अग्रता लियो।
फोडेनले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गर्दा ५३ र ७० मिनेटमा गोल गरेर ह्याट्रिक गरे।