इरानलाई हराउँदै कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ।
गएराति दोहास्थित अल थुमामा स्टेडियममा इरानलाई ३-२ गोलले हराउँदै साविक विजेता कतार प्रतियोगिताको फाइनल पुगेको हो।
कतारको जितमा जसीम गबर अब्दुलसलाम, अक्रम अफिफ र अलमोइज अलिले गोल गरे। इरानका सरदार अजमोन र अलिरेजा जहानबक्सले गोल गरे।
खेलको चौथो मिनेटमा सरारद अजमोनले गोल गर्दै घरेलु टोलीमाथि दबाव सिर्जना गरेका थिए। तर १७ औं मिनेटमै कतारका जसीमले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।
४३ औं मिनेटमा कतारका अक्रमले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
५१ औं मिनेटमा कतारका खेलाडिले डि-बक्सभित्र ह्यान्ड गरेपछि इरानले पेनाल्टीको अवसर पाएको थियो। त्यसलाई कप्तान अलिरेजाले सदुपयोग गरे।
पहिलो हाफ २-२ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा दुबै टिम आक्रमक प्रस्तुत भएका थिए। ८२ औं मिनेटमा कतारका अलमोइजले उत्कृष्ट गोल गरे।
खेलमा १३ मिनेट समय थप गरिएको थियो। त्यसको तेस्रो मिनेटमा इरान दश खेलाडीमा सिमित भएको थियो। इरानका शोजइ खलिजदेह रातो कार्ड खाएर मैदान बाहिरिएपछि इरान थप दबाबमा परेको थियो।
१० खेलाडीमा सिमित भएपनि थप गरिएको १३ मिनेट इरानले उत्कृष्ठ खेलेको थियो। उसले गोलका लागि पटकपटक गरेको प्रयास बिफल भएपछि पराजित भएसँगै कतार फाइनल पुगेको हो।
कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ।