इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोलले पराजित गरेको छ।
शनिबार भएको खेलमा सिटीका लागि दुवै गोल अर्लिङ हालान्डले गरे। उनले खेलको ७१ र ८५ मिनेटमा गोल गरेक थिए।
हालान्डले गत नोभेम्बरपछि सिटीका लागि गोल गर्न सफल भएका हुन्। उनी चोटका कारण दुई महिना मैदान बाहिर बस्न परेको थियो।
सिटीको यो सबै प्रतियोगितमा गरी लगातार दशौं जित हो। प्रिमियर लिगमा भने लगातार छैटौं खेलमा जित हो।
जितसँगै सिटीले २३ खेलबाट ५२ अंक जोडेको छ। आजै लिभरपुलले बर्नलीसँग जित हात पार्न नसके सिटी एक खेल कम खेलेर पनि अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ।