केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।
दशरथ रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मानेभन्ज्याङ एफसीलाई ५-० गोलले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो।
मछिन्द्रक लागि विमल घर्तिमगर, बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुष घलानले एक एक गोल गरे।
आजै भएको पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोलले हरायो।
एनआरटीका लागि विवेक गुरुङले पाँचौ मिनेटमा गोल गर्दा सन्जिव विष्टले ४९ र ५६ मिने६मा गरी दुई गोल गरे।