बहराइनविरुद्ध हुने फिफा विश्वकप छनोटको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टिममा बोलाइएको छ।
नेपालले चैत ८ मा घरेलु मैदानमा र चैत १४ मा बहराइनमा खेल्ने तालिका छ। तर दशरथ रंगशालाको मैदान खराब हुँदा नेपालमा हुने खेलबारे अझै अन्योल छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि टिम घोषणा गरेका हुन्।
समूह 'एच' मा रहेको नेपालले यसअघि युएईसँग ४-० र यमनसँग २-० को हार बेहोरेको थियो। युएईसँग अवे र यमनसँग घरेलु मैदानमा खेल भएको थियो।
नेपाली टिम
गोलकिपरः अभिषेक बराल, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ
मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छिन्जु, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सव राई
फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पेजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ, सञ्जीव विष्ट