साफ यु-१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ।
आज च्यासल रङ्गशालामा भएको खेलमा नेपालले ३-० गोलले भुटानलाई हराएको हो। नेपालको लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले गोल गरे।
च्याम्पियनसिपको पहिलो खेलमा भने नेपाल पराजित भएको थियो।
नेपाललाई बंगलादेशले २-० गोलले पराजित गरेको थियो।
अब नेपालले समूहको अन्तिम खेलमा बिहिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा शीर्ष दुईमा पर्ने टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।