युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी अन्तिम आठमा प्रवेश गरेका छन्।
रियलले जर्मन क्लब आरबी लाइपजिगलाई समग्रमा २-१ गोलले पछि पारेको हो।
गए राति भएको दोस्रो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
रियलका लागि भिनिसियस जुनियरले ६५ मिनेटमा गोल गरे। ३ मिनेटपछि उर्बानले बराबरी गोल फर्काए।
पहिलो लेगको खेलमा रियल १-० गोलले विजय भएको थियो।
यता सिटीले कोपनहगेनलाई ६-२ गोल पछि पार्यो।
पहिलो लेगमा ३-१ गोलको जित निकालेको सिटी दोस्रो लेगमा ३-१ गोलले नै विजयी भयो।
सिटीका लागि अकान्जी, अल्भारेज र हाल्यान्डले गोल गरे।