आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ।
गएराति ब्रेन्टफोर्डलाई २-१ गोलले पराजित गर्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा फर्किएको हो।
इमिरेट्समा १९ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई सुरूवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम समयमा ब्रेन्टफोर्डका योआन विस्साले गोल फर्काएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफको ८६ औं मिनेटमा काइ हाभर्त्जले गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका हुन्।
जित सँगै शीर्षस्थानमा पुगेको आर्सनलको ६४ अंक छ।
एक खेल कम खेलेको लिभरपुलको ६३ र म्यानचेष्टर सिटीको ६२ अंक छ।
२८ औं खेल लिभरपुलले एभरटन र सिटीले ब्राइटनसँग खेल्नेछ। यी दुवै टिम विजयी हुँदा आर्सनल पुनः तेस्रो स्थानमा झर्नेछ।
दुवै टिमले पराजित हुन पुगे आर्सनलको शीर्ष स्थान सुरक्षित हुनेछ।
आर्सनलले अर्को खेल चेल्सीसँग खेल्नेछ।
गएराति भएको अर्को खेलमा एभरटनलाई म्यानचेस्टर युनाइटेडले २-० गोलले पराजित गरेको थियो भने वूल्भ्सले फुलह्यामलाई २-१ गोलले पराजित गर्यो।
त्यस्तै क्रिस्टल प्यालेस र लुटन टाउनले १-१ तथा बर्नेमाउथ र शेफिल्ड युनाइटेडले २-२ गोलको बराबरी खेले।