फिफा विश्वकप २०२६ अन्तर्गत एसियाको दोस्रो चरणको छनोटमा अफगानिस्तान र भारतले गोल रहित बराबरी खेलेका छन्।
अफगानिस्तानको होम म्याच भए पनि साउदी अरेबियामा खेल भएको थियो। समूह 'ए'मा भारत दोस्रो स्थानमा छ। यो समूहको अर्को खेलमा कतारले कुवेतलाई ३-० गोलले पराजित गरेको छ।
समूहमा कतार ९ अङ्क सहित शीर्ष स्थानमा छ। स्थानको भारतको चार अङ्क छ। कुवेतको तीन र अफगानिस्तानको १ अङ्क छ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।
पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।